नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएका कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध ९ वर्षपछि मुद्दा

काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा विराटनगरस्थित कोशी अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन चौधरीविरुद्ध ९ वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।
चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य बन्न भारतको राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको भनिएको “बीएससी मिट” को नक्कली प्रमाणपत्र पेश गरेको पाइएको छ।
उनले सोही नक्कली प्रमाणपत्रको आधारमा २०७२ साल माघ १ गते कोशी अस्पतालको रेडियोग्राफर पदमा नियुक्त लिएका थिए। नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको ९ वर्षपछि चौधरीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाएको हो।










