रिलायबल नेपाल लाइफ काठमाडौं रिजनको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौ रिजनद्वारा काठमाडौ भरिका सबै शाखाका २०० अभिकर्ताहरु माझ उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौ प्रदेश अन्तर्गतका आफ्ना एजेन्सी म्यानेजर, अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिएको हो । उक्त मोटिभेसनल कार्यक्रम काठमाडौ बसुनधारामा अवस्थित दियालो फुफुडल्यान्दमा शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा काठमाडौ रिजन अन्तर्गत का शाखाहरुमा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई उत्प्रेरणा मुलक तालिम दिएको जनाएको छ । कार्यक्रम काठमाडौ रिजनका रिजनल मेनेजर यम पोखरेलको अध्यक्षता सम्पन्न भएको हो भने कम्पनीका नायब प्रमुख कार्याकारी अधिकृत दिपेस बाबु तिवारीको प्रमुख आतिथ्यतामा मोटिभेसनल प्रशिक्षण सम्पन्न भएको हो । अतिथिमा कम्पनिको सहायक महाप्रबन्धक शैलेन्द्र श्रेष्ठ र चिफ मेनेजर प्रकाश कुमार धिताल ज्युको पनि उपस्थिति रहेको थियो ।

नायब प्रमुख कार्याकारी अधिकृत दिपेस बाबु तिवारीले उत्प्रेरणा जीवन उपयोगि बिषय बस्तुहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । त्यस्तै, काठमाडौ रिजनका रिजनल मेनेजर यम पोखरेलले कार्यक्रमले अभिकर्ताहरुलाइ व्यवसाय बिस्तार गर्न धेरै सहयोग हुने अपेक्षा राख्दै सबै अभिकर्ताहरुले कम्पनीले दिएको लक्ष्य पुरा गर्ने बिश्वास ब्यक्त गर्दै कार्यक्रम समापान गरेका थिए ।














