हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा वर्षदिनमा चार अर्बको व्यवसाय

१ श्रावण २०८२, बिहीबार ११:०२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल चार अर्ब बढी बीमा शुल्क आर्जन गरेको हो ।

कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनले सो सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी तथा स्टेक होल्डरहरु मिलेर भव्य रुपमा मनाएका छन् । कम्पनीले यस अवसरमा आफ्ना सम्पूर्ण कर्मचारी, स्टेक होल्डर तथा ग्राहकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*