नयाँ आर्थिक वर्षको पहिलो दिनमा बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१ श्रावण २०८२, बिहीबार ११:१४

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२।०८३ को पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिने भने सुन तोलामा एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य प्रतितोला दुर्ई हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













