सानिमा रिलायन्सकी नमिता न्यौपानेः वर्षदिनमै झण्डै तीन करोडको व्यवसाय, ८ वर्षदेखि लगातार उत्कृष्ट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनी प्रवेशसँगै ८ वर्षदेखि लगातार सर्वोत्कृष्ट एजेन्सी बन्न सफल भएकी हुन् ।
कम्पनीको भक्तपुर २ शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरीरहेकी न्यौपानेले वर्षदिनमै झण्डै तीन करोड रुपैयाँको व्यवसाय गरेकी छिन् । उनले आर्थिक वर्ष २०८१–९८२ मा आफ्नो व्यक्तिगत कोडबाट दुई करोड ८५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएकी छिन् ।
जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ ग्यालेक्सी क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् । सन २०२५ को लागि टीओटी बन्न सफल भएकी उनी सानिमा रिलायन्स लाइफ प्रवेशपछि लगातार सर्वौत्कृष्ट एजेन्सी बन्दै आएकी छिन् ।
उनले गत आर्थिक वर्षको सार्बोत्कृष्ट एजेन्सी बनाउन साथ सहयोग दिने सम्पूर्ण कर्मचारी तथा बीमितहरुलाई धन्यवाद व्यक्त गरेकिछिन् । उनले बिराटनगरका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जीवन रक्षावरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।













