सिटिजन लाइफका सर्वोत्कृष्ट अभिकर्ताः माधब–बाल नारायण र दिपा, कसको व्यवसाय कति ?

राजन कठायत
४ श्रावण २०८२, आईतवार १७:४२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सिटिजन लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

कम्पनीमा देशैभरीबाट हजारौं सहभागीहरुलाई उछिन्दै काठमाडौं, सतुङ्गल शाखाका सिनियर एजेन्सी मेनेजर–माधब सिहं साउद, (नेपाल टप) बन्न सफल भएका छन त्यस्तै, तनहुँ, दमौलीका बाल नारायण श्रेष्ठ र काठमाडौं, स्वयम्भूकी दिपा चापागाई उत्कृष्ट एजेन्सी भएकी हुन् ।

हजारौ अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीको सतुङ्गल शाखा कार्यालयमा आवद्ध भई व्यवसाय गर्दै आएका माधव साउदले ह्याट्रीक हानेका छन् । यो सँगै उनी लगातार तेस्रो पटक नेपाल टप एजेन्सी बन्न सफल भएका छन् ।

गत आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्ममा उनले आफ्नो व्यक्तिगत कोडबाट २ करोड ७१ लाख ६३ हजार रुपैयाँको बीमा व्यवसाय गरी सबै अभिकर्ताहरुलाई पछि पार्दै नेपाल टप एजेन्सी बनेका छन् उनले यस अवधिमा २५७ वटा बीमा पोलिसी बिक्री गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ट कर्पोरेट क्बल अन्तर्गत ‘सिटिजन डबल स्टार’ बन्न समेत सफल भएका छन् ।

लगातार तेस्रो पटक पनि सर्वाधिक व्यवसाय गरी ह्याट्रिक हान्न सफल भएका अभिकर्ता साउँदले भने ‘बीमा गराउनको लागि तालिम लिएर मात्र हुदैन । नागरिकहरुहरुसँग पनि त्यही अनुसारको सम्बन्ध र इमान्दार छबि हुन आवश्यक हुन्छ। ’ उनले भने, ‘बीमाबारे पूर्ण रुपले जानकारी भएको कारणले विभिन्न क्षेत्रका कन्ट्र्याक्टर, बिजनेशम्यान, विभिन्न पेशा र ब्याबसायमा आवद्ध सर्बसाधारणहरुको पनि बीमा गर्दै आएको कारण दोस्रो पटक नेपाल टप बन्न सफल भएको हुँ।’


साथै, तनहुँ, जिल्लाको दुलेंगौडा शाखा कार्यालयमा आवद्ध भई बीमा कारोबार सञ्चालन गरीरहेका बाल नारायण श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् । दमौलीका विभिन्न गाँउ तथा सहरहरुमा गई हजारौ नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् ।

कम्पनीमा सक्रिय र सफल बीमा अभिकर्ताहरुको परिचय बनाएका उनले गत आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोडबाट दुई करोड ५१ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार गरेका छन् । उनले यस अवधिमा कुल १५४ वटा बीमा पोलिसी बिक्री गरी उक्त सफलता हासिल गरेका हुन् ।

अभिकर्ता श्रेष्ठले भने, ‘बिहानदेखि साझसम्मको लगातार सर्वसाधारणसँगको भेट तथा संघर्षले मात्र बीमा व्यवसायमा सफलता हासिल गर्न सकिन्छ । मैले एकैदिनमा २८ जना समेत भेट गरेर बीमा प्रस्ताव राखे र निरन्तरको मिहिनेत र सहकार्यले यो सफलता हासिल गरेको हु ।’
कडा मिहिनेत, दिगो लक्ष्य र परिश्रम गर्दै बीमा व्यवसायमा रमाउँदै आएका उनले दमौली क्षेत्रका नागरिकहरुलाई बीमा शिक्षा प्रदान र बीमा गरीरहेका छन् ।

कम्पनीको स्वयम्भू शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएकी दिपा चापागाईले तेस्रो स्थान हासिल गरेकी छिन् । उनले यस वर्षमा एक करोड सात लाख २१ ह्जार रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएकीछिन् । उनले वर्षदिनमा १९ वटा बीमा पोलिसी बिक्री गरेर उक्त सफलता हासिल गरेकी हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुको मिहिनेत र परिश्रमको कदर गर्दै विभिन्न तालिम तथा क्षमता अभिवृद्धि तालिम पनि दिदैं आएको छ । अभिकर्ताहरको क्षमता विकासको लागि र सक्रिय बनाउने उद्देश्यले सिटिजन लाइफले विभिन्न योजनाहरु पनि ल्याएको छ ।

देशभरीबाट सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका अभिकर्ताहरुलाई कम्पनीले सम्मान तथा पूरस्कार पनि वितरण गर्ने गरेको पाइएको छ ।

One thought on “सिटिजन लाइफका सर्वोत्कृष्ट अभिकर्ताः माधब–बाल नारायण र दिपा, कसको व्यवसाय कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*