एलआइसी नेपालः सुदूरपश्चिम र कर्णाली उत्कृष्ट अभिकर्ताको सर्वोत्कृष्ट व्यवसाय

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन –(नेपाल) लिमिटेडले पश्चिम नेपालमा आफ्नो व्यवसाय आक्रामक रुपमा बृद्धि गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश भौगोलिक रुपले निकै विकट र कम विकशित मानिन्छन् । तर, एलआइसी नेपालले सुदूर र कर्णालीका हजारौं नागरिकको जीवन बीमा गरी जोखिम रक्षावरण गर्न सफल भएको छ । कम्पनीले अभिकर्ता प्रोत्साहन र विभिन्न तालिमका कारण यी स्थानबाट उल्लख्य व्यवसाय गर्न सम्भव भएको हो ।
आर्थिक वर्ष सुदूरपश्चिमकी जानकी जोशीले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पछि पार्दै करोडौं रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएकी छिन् । एलआइसी धनगढी शाखामा अत्यन्तै मिहिनेती र संघर्षवान अभिकर्ताको परिचय बनाएकी उनले गत आवमा एक करोड १५ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएकी हुन् । यस अवधिमा उनले ३३८ वटा बीमा पोलिसी बिक्री गरेकी छिन् ।
त्यस्तै, डिल्ली गडतोलाले ८७ लाख २० हजार रुपैयाँको बीमा व्यवसाय गर्दै सुदुर र कर्णालीका दोस्रो सर्वाधिक व्यवसाय गर्ने अभिकर्ता बन्न सफल भएका छन् । उनले वर्षदिनमा कुल १३९ वटा बीमा पोलिसी बिक्री गरेका छन् । त्यस्तै, सुरेश बोहराले ८७ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन्। यस अवधिमा उनले १५५ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।
एलआइसी नेपाल इन्स्योरेन्समा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका १६ जना अभिकर्ताहरुले वर्षदिनमा एक सयभन्दा बढी बीमा पोलिसी बिक्री गरेका छन् । सुदूर र कर्णाली प्रदेशमा अभिकर्ताहरुले विभिन्न विकट तथा दुर दराज गाउँमा गएर बीमा ल्याउनु पर्ने अवस्था छ । यी प्रदेशबाट बीमालेख बिक्रीका आधारमा पनि जानकी जोशि प्रथम छिन् । उनले कुल ३३८ वटा बीमा पोलिसी बिक्री गरेकि छिन् । साथै, धनगढी शाखाकै तुल्सी शाहीले २५२ वटा र धर्मानन्द जोशीले १६२ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको व्यवसाय गत आर्थिक वर्षभन्दा ३० प्रतिशतले बृद्धि भएको छ भने बीमालेख ७ प्रतिशतले बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको जिम्मेवारी सम्हालेका ललित ऐरले अभिकर्ताहरुलाई निकै प्रोत्साहन गर्ने गरेका छन् । उनले अभिकर्ताहरुका समस्या समाधानलाई प्राथमिकतामा राखि विभिन्न तालिम तथा अभिकर्ता क्षमता अभिबृद्धि लगायतका विषयमा विशेष ध्यान दिएर अघि बढेको अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।
प्रदेश प्रमुख ऐयरले भने, ‘सुदूरपश्चिम र कर्णाली राजधानी काठमाडौंबाट निकै दुर छन् र भौगोलिक, सामाजिक, जनचेतना तथा विभिन्न हिसावले पछि रहेको छ ।’ उनले भने, ‘अभिकर्ताहरुलाई सही मार्ग दर्शन दिएको र उहाँहरुको समस्यालाई आफ्नो समस्या सरह लिएर अघि बढेपछि अनि बल्ल अभिकर्ताहरुलाई व्यवसाय गर्न हौसला मिल्छ । त्यसैले कम्पनी, बीमित र अभिकर्ताको हितमा मैले काम गरिरहेको छु।’













