सूर्यज्योति लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बने कमल–गौरब र दिपक, कसरी बने उत्कृष्ट ?

राजन कठायत
६ श्रावण २०८२, मंगलवार १२:१७

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सूर्यज्योति लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

कम्पनीमा देशैभरीबाट सहभागी अभिकर्ताहरुलाई उछिन्दै बुटवल, पाल्पा रोड शाखा कार्यालयका अभिकर्ता कमल प्रसाद घिमिरे (नेपाल टप) बन्न सफल भएका छन । त्यस्तै, नेपालगंज शाखाका गौरव कुमार शाही द्धितीय र बनेपा शाखाका दिपक शापकोटा तृतिय बन्न सफल भएका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीको बुटवल, पाल्पा रोड शाखाका कमल प्रसाद घिमिरे सर्वोत्कृष्ट अभिकर्ता बन्न यो वर्ष पनि सफल भएका छन् । वि.स. २०७४ सालदेखि लगातार नेपाल टपर बन्न सफल भएका घिमिरे नयाँ युवा पुस्ताका अभिकर्ताको लागि प्रेरणाका स्रोत बन्दै गएका छन् ।

गत आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्ममा उनले आफ्नो व्यक्तिगत कोडबाट तीन करोड ८६ लाख ८६ हजार रुपैयाँको बीमा व्यवसाय गरी सबै अभिकर्ताहरुलाई पछि पार्दै नेपाल टप एजेन्सी बनेका छन् उनले यस अवधिमा ७२ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

२०७४ सालदेखि लगातार सर्वाधिक व्यवसाय गरी लगातार त्रिपट ह्याट्रिक हान्न सफल भएका अभिकर्ता घिमिरेले भने ‘अभिकर्तामा तडक–भडक हुनु भएन् । सबैले पत्याउँने खालको व्यवहार अभिकर्ताले गर्नुपर्छ । बोली र व्यवहारमा समानता ल्याएर अघि बढेपछि अवश्य सफल भइन्छ ।’

उनले बीमा सानो–ठुलो नभनी सबैलाई आवश्यक हुने र अभिकर्ताहरुले पनि बिना कुनै भेदभाव सबैलाई क्षमता अनुसारको जीवन बीमा गरी जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव समेत दिएका छन् ।

साथै, नेपालगंज शाखामा आवद्ध भई बीमा कारोबार सञ्चालन गरीरहेका गौरब कुमार शाहीले द्धितीय स्थान हासिल गरेका छन् । अभिकर्ता शाहीले नेपालगंज, हुम्ला, जुम्ला तथा कर्णालीका विकट स्थानका सयौं नागरिकको जीवन बीमा गरी जाखिम रक्षावरण गर्दै आएका छन् ।

कम्पनीमा सक्रिय र सफल बीमा अभिकर्ताहरुको परिचय बनाएका उनले गत आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोडबाट दुई करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार गरेका छन् । उनले यस अवधिमा कुल ११७ वटा बीमा पोलिसी बिक्री गरी उक्त सफलता हासिल गरेका हुन् ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको बनेपा शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरीरहेका अभिकर्ता दिपक सापकोटाले तृतिय स्थान हासिल गरेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा आफ्नो व्यक्तिगत कोडबाट दुई करोड १३ लाख ९६ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । यस अवधिमा सापकोटाले कुल ७८ वटा बीमा पोलिसी बिक्री गरी सो बीमा व्यवसाय गरेका हुन् ।

सूर्यज्योति लाइफबाट बारम्बार एमडीआरटी–सीओटी लक्ष्य समेत हासिल गरेका सापकोटाले कम्पनीको असार महिनाको स्कीम पुरा गर्दै स्कुटर समेत जित्न सफल भएका छन् । उनले गत आर्थिक वर्षमा विश्वास गरी बीमा गरीदिने बीमित तथा कम्पनी र सहयोगी सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

कम्पनीले पछिल्लो समय बीमा अभिकर्ताहरुलाई विभिन्न क्षमता अभिबृद्धि योजना अघि सारेको छ । वर्षभरिमा कडा मेहनत र उत्कृष्ट परिश्रम गरेर उल्लेखित नतिजा हासिल गर्न सफल भएको उत्कृष्ट तीनै जना बीमा अभिकर्ताहरुले कम्पनीका विभिन्न योजना र साथ सहयोगले सफलता हासिल भएको प्रतिक्रिया दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*