हिमालयन लाइफमा बिमल–रबिन्द्र र सूर्य प्रसाद बने उत्कृष्ट अभिकर्ता, एक वर्षमै करोडौंको व्यवसाय गर्न सफल

६ श्रावण २०८२, मंगलवार १६:१८

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै नेपालगंजका बिमल ढकाल, रबिन्द्र तिमल्सीना र सूर्य प्रसाद बराल सर्वोत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन् ।

कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौ अभिकर्ताहरुमध्ये नेपालगंजका बिमल ढकालले व्यक्तिगत कोडमा सबैलाई पछी पार्दै नेपाल टप अभिकर्ता बन्न सफल भएका छन् । साथै, दोस्रो नम्बरमा चापागाँउ ब्रान्चमा आवद्ध रहेका रबिन्द्र तिमल्सीना र तेस्रो नम्बरमा लामाचौर बगर शाखाका सूर्य प्रसाद बराल पर्न सफल भएका छन् । रातदिनको मिहिनेत, समय व्यवस्थापन र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८१–८२ का अभिकर्ताहरुले करोडौंको व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गरेका हुन् ।

हिमालयन लाइफ इन्स्योरेन्सको नेपालगंज शाखा कार्यालयमा आवद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएका अभिकर्ता बिमल ढकालले व्यक्तिगत कोडबाट एक करोड ६४ लाख ३९ हजार रुपैयाँको कारोबार गर्न सफल भएका छन् । उक्त रकम यस वर्षका सम्पूर्ण अभिकर्ताहरुको व्यवसायको तुलनामा सबैभन्दा बढी रहेको छ ।

कम्पनीमा अत्यन्तै मिहिनेती तथा अनुभवि अभिकर्ताको परिचय बनाएका बराल बिगत १४ वर्षदेखि यस पेशामा आवद्ध रहेका छन् । पाँचौ पटक नेपाल टप र लगातार १० पटक एमडीआरटी लक्ष्य प्राप्त गरेका बरालले हिमालयन लाइफमा ऐतिहासिक रेकर्ड कायम गर्न सफल भएका छन् ।

नेपाल टपर बनेका अभिकर्ता ढकालले भने, ‘सफल अभिकर्ता बन्न कलासँगै योजना पनि चाहिन्छ । कुनै पनि बीमितलाई बीमा गर्न प्रस्ताव गर्दै गर्दा बीमितको रोजाइलाई पनि ध्यान दिनुपर्ने हुन्छ । यसका साथै उमेर अनुसारको पोलिसी दिएमा बीमितले सोचे अनुरुपको प्रतिफल हात पर्ने गर्दछ । जसले अभिकर्ताप्रतिको विश्वास झन बढ्दै जाने गर्छ।’

पछिल्लो समय नेपालमा फोर्सफुल्ली बीमा गराउने प्रचलन बढ्दो छ । यदि अभिकर्ताले फोर्सफुल्ली बीमा गराउँदै गर्दा बीमितको शिरको भार अनुसारको बीमा गराएमा सफल हुने उनी बताउँछन् ।

हजारौ अभिकर्ताहरुमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका चापागाँउ शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका रबिन्द्र तिमल्सीना निकै सक्रिय र क्षमतावान अभिकर्ताको रुपमा परिचित छन् । तिमल्सीनाले आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट एक करोड १४ लाख ९३ हजार रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

हिमालयन लाइफमा उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएका तिमल्सीनाले भने, ‘बीमा मेरो प्रतिज्ञा हो — यो केवल सुरक्षा होइन, यो परिवारमा आशा पुर्‍याउने मेरो मानव सेवा हो, जहाँ म हरेक विपत्तिमा विश्वासको विश्वासि साथी बन्छु ।’

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको लामाचौर बगर शाखा कार्यालयमा आवद्ध रहेका सूर्य प्रसाद बरालले आफ्नो व्यक्तिगत कोडबाट एक करोड चार लाख ९५ हजार रुपैयाँको कारोबार गर्न सफल भएका छन् । पोखरा लगायत देशका विभिन्न स्थानमा उपस्थित भएर बीमा मानिसको जीवनको एक महत्वपूर्ण योजना बनाउन आवश्यक रहेको भन्दै बीमा सचेतना समेत फैलाउँदै आएका छन् ।

‘हरेक मानिसलाई आफ्नो भविष्यको लागि सधै सतर्क रहन बीमा योजना चाँही एकदमै जरुरी रहेको छ । यसले मानिसलाई आइपर्ने सबैखाले समस्याबाट सुरक्षा प्रदान गर्दछ ।’ बरालले भने । उनले यो वर्षदिनको अवधिमा धेरै मानिसलाई भेटियो, कतिपयले भन्ने वित्तिकै गरे, कतिपयले समय आएपछि गरे, राम्रो तरिकाले सम्झाई बुझाई गरेपछि सबैले बीमा गर्ने गरेको बताए ।


हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौ बीमा अभिकर्ताहरुले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*