सानिमा रिलायन्स लाइफः नमिता– रण बहादुर र बिमलेन्द्र बने टप थ्री अभिकर्ता, वर्षेनी कसरी सम्भव हुन्छ करोडौंको व्यवसाय ?

८ श्रावण २०८२, बिहीबार १४:३१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरू गत आर्थिक वर्षमा तारिफयोग्य व्यवसाय गर्न सफल भएका छन् । कम्पनीका अभिकर्ताहरूले गरेको अथक प्रयासले लाखौँ मानिसहरुको बीमा गरी उनीहरुको जीवन रक्षावरण भएको हो ।

कम्पनीमा देशैैभरीबाट सहभागी हजारौं अभिकर्ताहरुलाई उछिन्दै विराटनगरकी नमिता न्यौपाने, काठमाडौंका रण बहादुर तामाङ र बिमलेन्द्र साह उत्कृष्ट एजेन्सी बन्न सफल भएका हुन् । कम्पनीका विभिन्न तालिम, मोटिभेसनल तथा व्यवसायीक रणनीतीका योजनाहरुले र स्वःयम् अभिकर्ताको मिहिनेत तथा संघर्षले उक्त सफलता हासिल गरेका छन् ।

कम्पनीमा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये भक्तपुर २ शाखा कार्यालयमा आवद्ध चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले व्यक्तिगत कोडमा सबैलाई पछि पार्दै यस वर्षको नेपाल टप एजेन्सी बन्न सफल भएकी हुन् । साथै, काठमाडौं, मध्यबानेश्वर शाखा कार्यालयमा आवद्ध चिफ एजेन्सी म्यानेजर रण बहादुर तामाङ र बिमलेन्द्र साहले उत्कृष्ट बीमा व्यवसाय गरेका छन् । व्यवसायीक रणनीती, निश्चित उद्देश्य र कडा परिश्रमका कारण आर्थिक वर्ष २०८१–८२ मा अभिकर्ताहरूले करोडौंको बीमा व्यवसाय गरी ऐतिहासिक सफलता हासिल गर्न सफल भएका हुन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको भक्तपुर २ शाखाकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले व्यक्तिगत कोडबाट २ करोड ८४ लाख रुपैयाँको कारोबार गर्न सफल भएकी छिन् । उनले यस आर्थिक वर्षको असार मसान्तसम्ममा ६५ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त कारोबार गर्न सफल भएकी हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकी छिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरीरहेकी छिन् ।

पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ ग्यालेक्सी क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् । सानिमा रिलायन्स लाइफ प्रवेशपछि उनी लगातार सर्वोत्कृष्ट एजेन्सी बन्दै आएकी छिन् ।

उनले लगातार आफूलाई लगातार आठौ पटकसम्म सर्वोत्कृष्ट एजेन्सी बनाउन साथ सहयोग दिने सम्पूर्ण कर्मचारी तथा बीमितहरुलाई धन्यवाद व्यक्त गरेकिछिन् । उनले बिराटनगरका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जीवन रक्षावरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेकी छिन् ।

हजारौं अभिकर्तामध्ये दोस्रो स्थान हासिल गर्न सफल भएका काठमाडौंको मध्य बानेश्वर शाखा कार्यालयका चिफ एजेन्सी म्यानेजर रण बहादुर तामाङ निकै सक्रिय र क्षमतावान् एजेन्सीको रूपमा परिचित छन् । कम्पनी प्रवेश गरेको छोटो अवधिमा नै उल्लेख्य व्यवसाय गर्दै आफुलाई सक्षम र क्षमतावान एजेन्सीको रुपमा परिचित गर्न सफल भएका हुन् ।

एजेन्सी तामाङले आर्थिक वर्ष २०८१ को असार मसान्तसम्ममा व्यक्तिगत कोडबाट १ करोड ५६ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । बीमाको महत्व बुझाएर सर्वसाधारणलाई बीमा गराउदा सहजै बीमा गर्न सकिने उनको धारणा रहेको छ ।

उनले भने, ‘सही तरिकाले बुझाएपछि सबैले बीमा गर्ने नै हुन् । कम्पनीको पनि राम्रो साथ सहयोग चाहिन्छ । कम्पनीमा मैले प्रत्यक वर्ष यति धेरै व्यवसाय ल्याइरहेको छु । यसमा कम्पनीको पनि ध्यानाकर्षण हुन जरुरी छ ।’ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुगेर उनले नागरिकका बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् ।

त्यस्तै, कम्पनीको मध्य बानेश्वर शाखामै आवद्ध भई बीमा व्यवसाय गर्दै आएका बिम्लेन्द्र साहले १ करोड ३३ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएक छन् । यो व्यवसायसँगै उनी देशभरीबाट तेस्रो स्थान हासिल गरेकिछिन् । काठमाडौंसहित देशका विभिन्न स्थानका मानिसहरुको जीवन बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा अहम भूमिका निर्वाह गर्दै आएका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौं बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिम पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरूको यस सफलताको प्रशंसा गर्दै उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएकामा सम्पूर्ण अभिकर्ताहरूलाई कृतज्ञता प्रकट गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*