सिटिजन लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सीहरुको सूची सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बीमा व्यवसाय वृद्धिमा अब्बल र बलियो बन्दै गएको छ । कम्पनीमा सक्रिय रहेका हजारौं अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका कारण कम्पनीको व्यवसाय वृद्धिले गति लिएको हो ।
देशैभरीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै टिम बिजनेशमा सतुङ्गल ब्रान्चका राजेन्द्र प्रसाद पन्त, प्रिमियम कलेक्सनमा पनि सोही ब्रान्चका माधव सिंह साउद, पोलिसी बिक्रीमा धनगढी ब्रान्चकी जानकी बिष्ट र रिक्रुइटमेन्टमा महाराजगं ब्रान्चकी सर्मिला टण्डन सर्बोत्कृष्ट पर्फमिङ सिटिजन लिडर्स बन्न सफल भएका छन् । कम्पनीले उपलब्ध गराउदै आएका विभिन्न स्किमहरुमा पनि उनीहरुको राम्रो सहभागिता रहदै आएको छ ।
साथै, प्राप्त विवरण अनुसार सिटिजन लाइफमा आर्थिक वर्ष २०८१–८२ मा सर्बोत्कृष्ट बीमा व्यवसाय गर्दै बानेश्वर ब्रान्चका भेसराज भट्टराई, मैतिदेबि शाखाका टुक बहादुर राना, महाराजगंन्जकी गिता रायमाझी, बालाजु ब्रान्चका नरेन्द्र पुन, दुलेगौंडा शाखाकी दिपा श्रेष्ठ, बानेश्वर ब्रान्चका किशोर पोखरेल, सतुङ्गल शाखाकी लक्ष्मी धामी, चाबहिल शाखाकी सुजन लामा र स्वयम्बु शाखाका सुरेश बाबु शर्मा कट्टेल लगायतका एजेन्सी म्यमनेजरहरु लिडिङ सिटिजन लिडर्स (एजेन्सी म्यानेजर्स) बन्न सफल भएका छन् ।

त्यस्तै, कम्पनीको बीमा व्यवसाय वृद्धि गर्नुका साथै हजारौ नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएकी दुलेगौंडा ब्रान्चकी दिपा श्रेष्ठ, स्वयम्भू ब्रान्चकी दिपा, चापागाई, स्वयम्भू प्रिया अग्रवाल, भैरहवा ब्रान्चका विशाल वाग्ले, लम्की ब्रान्चका जयरुप बुद्ध, मैतिदेवि ब्रान्चका कृष्ण श्रेष्ठ, सोही ब्रान्चकी रमुना श्रेष्ठ र ताप्लेजुङ ब्रान्चका दिनेश अधिकारी लगायतका अभिकर्ताहरु लिडिङ सिटिजन लिडर्स बन्न सफल भएका कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले अभिकर्ताको मनोबल उच्च बनाउन र क्षमता अभिवृद्धि बढाउन आउँदा दिनमा अझै व्यापक तरिकाले अगाडि बढ्ने जनाएको छ ।













