प्रभु महालक्ष्मी लाइफमा राम प्रसाद घिमिरे र आर्यन खान बने उत्कृष्ट अभिकर्ता, एक वर्षमा कसको कारोबार कति ?

१३ श्रावण २०८२, मंगलवार १६:१६

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले गत वर्षमा तारिफयोग्य बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भएर देशका विभिन्न कुना काप्चामा रहेका हजारौं नागरिकहरुको जीवनमा बीमा गरी कम्पनीको व्यवसाय बृद्धिका साथै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका हुन् ।

कम्पनीका देशभरीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै काठमाडौं, पेप्सीकोलाका राम प्रसाद घिमिरे र बुटवलका आर्यन खान उत्कृष्ट एजेन्सी बन्न सफल भएका छन् । कम्पनीका विभिन्न तालिम, स्वयम् अभिकर्ताको लगनशिलता, अनुशासन, कामप्रतिको लगाव, व्यवसायीक रणनीति र दक्षता क्षमताले यी तीन अभिकर्ताहरुले उक्त सफलता हासिल गरेका हुन् ।

जीवन बीमा क्षेत्रमा परिचित नाम हो, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका राम प्रसाद घिमिरे । कम्पनीमा लगातार तेस्रो पटकसम्म सबैभन्दा बढी बीमा व्यवसाय गरी ह्याट्रीक हान्न सफल भएका घिमिरे पेप्सीकोला शाखामा आवद्ध भएर व्यवसाय गर्दै आएका छन् ।

देशभरीबाट सहभागी भएका हजारौं अभिकर्तालाई पछि पार्दै राम प्रसाद घिमिरेले आफ्नो व्यक्तिगत कोडमा गत आर्थिक वर्ष २०८१–८२ मा एक करोड ५३ लाख ४३ हजार रुपैयाँको व्यवसाय गरी नेपाल टप बनेका छन् । उनले यस अवधिमा २१ वटा पोलिसी बिक्री गरी उक्त व्यवसाय गरेका हुन् । बीमाका साथ–साथै निजी व्यवसाय सञ्चालन गर्दै आएका घिमिरेले कम्पनीमा पनि अत्यन्तै मिहिनेती तथा मिलनसार एजेन्सीको परिचय बनाएका छन् ।

सन् २०२६ को एमडीआरटी लक्ष्य समेत हासिल गर्न सफ भएका एजेन्सी घिमिरेले जीवनमा एक लक्ष्य राखेर सोही लक्ष्यलाई पन्छ्याउँदै, बाटोमा आएका विभिन्न बाधा अड्चनलाई टार्दै अघि बढेको खण्डमा अवश्य सफल हुन सकिने बताए । ‘जीवन बीमा व्यवसाय एकदमै उत्कृष्ट पेशा हो । यसमा हामीले विभिन्न प्रकारका मानिसहरुसँग भेटघाट हुन्छ । नागरिकहरुलाई अनावश्यक भन्दा पनि बीमा पोलिसीको शर्तमा रही बीमा गराइँदिनु पर्छ। निरन्तरको मिहिनेतले नै म तेस्रो पटकसम्म नेपाल टप एजेन्सी बन्न सफल भएको छु ।’

साथै, रुपन्देहीको बुटवल शाखा कार्यालयमा आवद्ध भई बीमा कारोबार सञ्चालन गरीरहेका आर्यन खान दोस्रो स्थानमा रहेका छन् । बुटवल लगायत देश तथा विदेशमा बसोबास गर्ने आम नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् ।

कम्पनीमा सक्रिय र सफल बीमा अभिकर्ताहरुको परिचय बनाएका उनले गत आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोडबाट एक करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । उनले यस अवधिमा कुल १८१ वटा बीमा पोलिसी बिक्री गरी उक्त सफलता हासिल गरेका हुन् । प्रभु महालक्ष्मी लाइफबाट सन २०२६ सहित लगातार एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल खान सन् २०२५ का सीओटी बन्न सफल अभिकर्ता हुन् ।

कम्पनीको प्रेसिडेन्ट क्लब मेम्बर समेत रहेका उनले ८ वर्षको अवधिमा ८ सय भन्दा बढी मानिसहरुको जीवन बीमा गरी जोखिम रक्षावरण गर्न सफल भएका छन् । उनले देश तथा विदेशमा समेत सुमधुर सम्बन्ध स्थापित गरेका छन् । ‘मैले अहिलेसम्म हजारौ मानिसहरुलाई बीमा प्रस्ताव गरिसकेको छु । मैले आम सर्वसाधारण, कृषकदेखि लिएर विभिन्न कम्पनीका सीईओहरुलाई समेत उहाँहरुको आवश्यकताको आधारमा बीमा पोलिसी बिक्री गरेको छु। ल्गातारको मिहिनेत र परिश्रमले म सफल बन्दै गएको छु । ’

देश जतिसुकै विकास भएको भएतापनि अझै पनि ठूला–ठूला वित्तीय संस्थाका पदमा बसेर काम गरीरहेका मानिसहरुले समेत बीमाबारे सकारात्मक बुझाई नरहेको उनको धारणा छ । उनले भने, ‘आम जनमानस भन्दा पनि विभिन्न बैंक वित्तीय संस्थाका कर्मचारी तथा आर्थिक क्षेत्रका मानिसहरुले नै बीमालाई राम्रोसँग बुझ्न सकेका छैनन्। यो नेपाली बीमा जगतको लागि दुःखद कुरा हो।’

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा हजारौं बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका छन् । कम्पनीले विभिन्न समयमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा तालिम पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरूको यस सफलताको प्रशंसा गर्दै उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएकामा सम्पूर्ण अभिकर्ताहरूलाई कृतज्ञता प्रकट गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*