नेटवर्क समस्या समाधानपछि टेलिकमद्वारा प्रयोग नभएका प्याकेजको रकम फिर्ता
१४ श्रावण २०८२, बुधबार १३:१२

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा साउन १२ गते दिउँसो समस्या उत्पन्न भएको थियो। सोही कारण केही ग्राहकहरूले दोहोरिएर मोबाइल डेटा प्याकेज खरिद गर्नुपरेको अवस्थामा प्रयोगमा नआएका प्याकेजहरूको रकम ग्राहकको मोबाइल ब्यालेन्समा फिर्ता गरिएको कम्पनीले जानकारी दिएको छ ।
टेलिकमले एक सूचनामार्फत सेवा अवरुद्ध हुँदा ग्राहकहरूलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै रकम फिर्ता गरिएको स्पष्ट पारेको हो। कम्पनीका अनुसार फिर्ता प्रक्रिया पूरा भइसकेको छ।
‘नेटवर्क समस्या समाधान भइसकेको छ र यसबीचमा प्रयोगमा नआएका प्याकेजहरूको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गरिसकिएको छ’ सूचनामा उल्लेख गरिएको छ।
कम्पनीले अझै पनि यस विषयमा कुनै गुनासो वा जिज्ञासा भएमा नेपाल टेलिकमको नम्बरबाट १४९८ मा सम्पर्क गर्न आग्रह गरेको छ।













