रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित

२५ श्रावण २०८२, आईतवार १०:३७

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, थानकोट शाखाले शनिबारको दिन आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता, क्लब मेम्बर तथा एजेन्सी मेनेजरहरुलाई एक भव्य समारोहकाबीच सम्मान गरेको छ।

काठमाडौंको कलंकीस्थित दृश्य होटलमा आयोजित उक्त सम्मान तथा उत्प्रेरणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबू लोहनी नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबू तिवारी , लगायत उच्च व्यवस्थापन तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सभापतिको भुमिका क्षेत्रीय प्रबन्धक यम पोख्रेलले निभाएका थिए । कार्यक्रममा प्रमुख अतिथीको रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनी रहेका थिए । विषेश अतिथिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबू तिवारी तथा विशिष्ट अतिथीमा सहायक महाप्रबन्धक शैलेन्द्र श्रेष्ठ र प्रमुख प्रबन्धक युवराज शर्मा ज्ञावाली रहेका थिए ।

कार्यक्रममा नेपालभरी का अभिकर्ताबाट दोस्रो, काठमाडौं प्रदेशबाट प्रथम तथा शाखाबाट प्रथम भई ‘ट्रिपल करोडपति’ को उपाधि जित्न सफल उत्कृष्ट एजेन्सी मेनेजर सर्मिला बेल्बासे्लाई विशेष सम्मान गरिएको थियो। उनको सफलताले शाखाको शिर उच्च बनाएको भन्दै व्यवस्थापनले प्रशंसा गरेका छन् ।

त्यसैगरी, कम्पनीका एमडीआरटी तथा करोडपति एजेन्सी मेनेजर दिपक पोखरेल, करोडपति एजेन्सी मेनेजर ( ब्यक्तिगत कोड) मा नेपाल तेस्रो र शाखा प्रथम (गिता नेपाल), सिनियर एजेन्सी मेनेजर तथा (एमडीआरटी) सुमित्रा महर्जन अधिकारी, (मेघा स्टार) दुर्गा देबि नेपाल र (मेघा स्टार) अनु अर्याल तिमिल्सिना लगायत अन्य अब्बल अभिकर्ता तथा सिनियर एजेन्सी मेनेजरहरुलाई प्रमुख कार्यकारी अधिकृतको बाहुलीबाट सम्मान गरिएको थियो।

थानकोट शाखाका प्रमुख अर्जुन खनालले स्वागत मन्तव्य राख्दै शाखाको प्रगतिमा अभिकर्ताहरुको योगदानको चर्चा गरेका छन् । साथै आर्थिक बर्ष २०८२–२०८३ को लक्ष्य र रणनीतिको बारेमा समेत प्रकाश पारेका थिए ।

कार्यक्रमलाई सिनियर एजेन्सी मेनेजर आशिष् श्रेष्ठले कुशलतापूर्वक सञ्चालन गरेका थिए भने प्रमुख प्रबन्धक युवराज शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा व्यवसायमा अझै सफल हुनका लागि विशेष तालिम तथा उत्प्रेरणा प्रदान गरेका थिए ।

१०० जना अभिकर्ता र एजेन्सी मेनेजरहरुको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबू लोहनी, नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबू तिवारी , सहायक महाप्रबन्धक शैलेन्द्र श्रेष्ठ ,प्रमुख प्रबन्धक युवराज शर्मा तथा क्षेत्रीय प्रबन्धक यम पोख्रेलले मन्तव्य राख्दै सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

उनीहरुले अभिकर्ताको अथक परिश्रमकै कारण कम्पनीले उचाइ हासिल गरेको बताउँदै आगामी दिनमा थप सफलताको कामना गरेका छन् । सो अवसरमा सफल एजेन्सी मेनेजर शर्मिला बेल्बासे र सुमित्रा अधिकारी महर्जनले आ–आफ्नो बीमा यात्राका संघर्ष, अनुभव र सफलताका कथाहरु सुनाएर उपस्थित सबैलाई प्रेरित गरेका थिए ।

कार्यक्रमले अभिकर्ताहरुमा नयाँ ऊर्जा र हौसला थपेको र आगामी आर्थिक वर्षमा अझ राम्रो गर्न प्रोत्साहन मिलेको सहभागीहरुले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*