बुटवल पावरको मुनाफा २२ करोड ६१ लाख, कस्ता छन् अन्य सूचक ?

२९ श्रावण २०८२, बिहीबार ११:१०

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिसम्ममा २२ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन १६.५८ प्रतिशतको वृद्धि हो।

विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने कुल नाफा २३.९२ प्रतिशतले वृद्धि भएको छ। अन्य आम्दानी भने ६.७४ प्रतिशतले घटेर ७ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन मुनाफा २४.३४ प्रतिशत बढेर २८ करोड ७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९ लाख रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

प्रतिशेयर आम्दानी गत वर्षको ५ रुपैयाँ ६९ पैसाबाट बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४४.३९ गुणा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*