कालिमाटी खोला किनारामा महानगरले डोजर लगाएर १०० मिटरभित्रका संरचना भत्कायो

२९ श्रावण २०८२, बिहीबार १२:४४

काठमाडौं । कालीमाटी क्षेत्रमा बग्ने खोलामाथी बनेका स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर काठमाडौं महानगरपालिकाले भत्काएको छ ।

कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्रका संरचना भत्काइएको हो। उक्त संरचनाहरु काठमाडौं महानगरपालिकाको स्वीकृति बिनै बनाएका थिए ।  जसले गर्दा संरचनाको आवश्यकता, दिगोपना कुनै पनि परिक्षण नभएको कारणले विभिन्न हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै भत्काएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सडकको १०० मिटर वरपरको संरचना भत्काएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*