सूर्यज्योति एकल भुक्तानी बीमा योजनाको प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त
१ भाद्र २०८२, आईतवार १३:२४

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति एकल भुक्तानी जीवन बीमा योजना’को प्रोडक्ट एम्बेस्डरमा कमल घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको बुटवल पाल्पारोड शाखामा आवद्ध भएका चिफ एजेन्सी म्यानेजर कमल घिमिरेले साउन महिनाको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट जितेर उक्त बीमा पोलिसीको एम्बेस्डर बन्न सफल भएका हुन् ।
उनी सूर्यज्योति लाइफ इन्स्योरेन्सका विभिन्न योजनाहरुमा सधै सर्वोत्कृष्ट व्यवसाय गरी उत्कृष्ट अभिकर्ता बन्दै आएका छन् । साउन महिनाको उक्त कन्टेस्ट बिजेत बनेका उनी एक वर्षको लागि सो बीमा पोलिसीका प्रोडक्ट एम्बेस्डर बन्न सफल भएका हुन् ।













