नेपाल माइक्रो इन्स्योरेन्समा फेक डकुमेन्ट बुझाएर दावी भुक्तानी लिन खोज्ने ६ जना पक्राउ

१९ भाद्र २०८२, बिहीबार १५:०२

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् । दुर्घटना र अस्पताल तथा दावी भुक्तानीमा आवश्यक रहेका विभिन्न नक्कली कागजात पेश गरी दावी भुक्तानी लिने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुर, काठमाडौं, सर्लाही, काभ्रे र बाराका विभिन्न स्थानका पुरुषहरू छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई लिखत सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

नक्कली बीमा दावी प्रकरणमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगरपालिका–१२ का ५१ वर्षीय विनोद डंगोल, सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेको पाँचखाल नगरपालिका–२ का ४८ वर्षीय हरिप्रसाद गौतम र बाराको निजगढ नगरपालिका–६ का ४५ वर्षीय मनोजकुमार आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए । उनीहरूले सरकारी कार्यालयको नक्की कागजात तथा छाप बनाएर घाइते खडा गर्ने, बी एन्ड बी अस्पतालमा उपचार गराएको भन्ने अस्पतालको नक्कली कागजात बनाउने र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम दाबी गरेको पाइएको प्रहरीले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका कर्मचारीहरुको क्षमताले आज फेरी अर्को बीमा दावी ठगीको अर्को घटना फेल भएको छ । कम्पनीले कर्मचारीहरुलाई दिएका विभिन्न तालिम र अनुभवले आज नेपाल माइक्रो इन्स्योरेन्स ठगीनबाट बचेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*