भदौ २४ मा हुने भनिएको नाडाको विशेष साधारण सभा स्थगित, नयाँ मिति पछि तोकिने

२० भाद्र २०८२, शुक्रबार १०:४१

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफ्नो विशेष साधारण सभा स्थगित गरेको छ।

आज २०८२ साल भदौं १९ गते बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले यही भदौं २४ गते मङ्गलबार ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’मा गर्ने भनिएको विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सार्ने निर्णय गरेको हो।

नाडाले सबै सदस्यहरुलाई जानकारी गराउँदै उपयुक्त समयमा नयाँ मितिसहितको सूचना प्रकाशित गरी विशेष साधारण सभा बोलाइने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*