बैतडीमा एक जना सुस्त मनस्थितीका किरियापुत्रीको बेहाल, पैसा नहुदा पाँच दिनसम्म भोकै

२२ भाद्र २०८२, आईतवार १३:३९

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाका एक मुक्त हलिया किरियापुत्रीको आर्थिक अवस्था निकै कमजोर भएकाले लामो समयदेखि भोकै बस्नु परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ का ३० वर्षीय मुकेश भुल आमाको किरियामा घरमा खानलाई अन्नपात नभएकाले भोकै बस्नु परेको हो ।

सुस्त मनस्थितीका मुकेश भुललाई उनकी स्वर्गिय आमाले गाउँका सबैसँग अन्नपात मागेर खुवाउदै पालेकी थिइन् । उनै आमको निधनपछि मुकेश भुलको बिचल्ली भएको छ । आर्थिक अवस्थाले पनि निकै कमजोर रहेका मुकेशकी स्वर्गिय आमाको स्थानीयहरुले ट्याक्टरमा हाली महाकाली नदीमा दाहसंस्कार गरिदिएको थियो ।

उनकी आमा स्वर्गिय किडी भुललाई नेपाल सरकारले बस्नका लागि जनता आवासको घर बनाइदिएको थियो। शौचालय र पानीको धारा जोड्ने आर्थिक हैसियत नहुँदा भने किडी भुलले जीवनभर छिमेकीसँग पानी मागेर खाएकी थिइन् । बाडीलेकको मुक्त हलिया बस्तीमा आफू जस्तै अधिकांश हलियाको घरमा खानेपानीको धारा नभएको किरियापुत्री मुकेश भुलले बताए।

मुकेश भुल सुस्त मनस्थितिको भएकाले आमाको सहारामा बाचेका थिए । आमाको सामाजिक सुरक्षा भत्ताले चामलको जोहो हुँदै आएको थियो । दशरथचन्द नगरपालिकाकाले हाल उनलाई आवश्यक पर्ने चिजबस्तुको जोहो गर्न पहल गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*