कालिमाटीमा बढ्यो तरकारीको मूल्य, यस्तो छ आजको मूल्यसूची

२३ भाद्र २०८२, सोमबार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ रहेको छ । नेपालीहरुको महान चाँडपर्वहरु नजिकीएसँगै तरकारी तथा फलफुलको मूल्य बढ्दै गएको छ ।

साथै, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो ८० रुपैयाँ र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ ।

सूचीसहितः

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ २३, २०८२

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*