प्रहरीको दमन थप बढ्दै, सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्याँस प्रहार
२३ भाद्र २०८२, सोमबार १५:१५

काठमाडौँ । सिभिल अस्पतालको इमर्जेन्सीमा पुगेको अवस्थामा पनि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। केहीबेरअघि प्रहरीले लगातार अश्रुग्याँस प्रहार गरेको थियो। यसका कारण अस्पताल वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ र त्यहाँको भिड तितरवितर भएको छ।
नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको प्रदर्शन उग्र बनेको छ। अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ। दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भए पनि आन्दोलन रोकिएको छैन।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ। प्रहरीले थप कडा सुरक्षाका उपाय लागू गरेको छ भने घाइतेहरूको संख्या यकिन भइसकेको छैन।













