‘जेन-जी’को आन्दोलनमा १४ जना शहिद बने, कुन अस्पतालमा कति ?
२३ भाद्र २०८२, सोमबार १६:०४

काठमाडौँ । भ्रष्टाचार र अभिब्यक्ति स्वतन्त्रता खोस्ने सरकारको उत्रिएका जेन जी हरूमध्ये थप एकजनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उपत्यकामा मृतकको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको हो ।
मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियो । तर, त्यसपछि सिभिल अस्पतालमा गम्भीर घाइते भएका अर्का एक प्रदर्शनकारीले ज्यान गुमाएपछि मृतक संख्या बढेको हो ।
मृतकमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना रहेका छन् ।













