इटहरीमा जेनजी आन्दोलितः उपमहानगरपालिकाको कार्यालयमा आगजनी
२३ भाद्र २०८२, सोमबार १७:३८

काठमाडौँ । सुनसरीको इटहरीमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलित युवाहरुले सोमबार दिउँसो उपमहानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।
दिउँसो पालिका परिसरमै प्रवेश गरेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायरसमेत गरेको थियो। तर स्थिति नियन्त्रणमा आउनुको सट्टा थप तनावग्रस्त बनेपछि उनीहरूले मेयरको कार्यकक्षसहित राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन्।
स्थिति लगातार बिग्रिँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित इटहरीको मुख्य बजार क्षेत्रमा आवतजावत बन्द गरिएको छ।













