इटहरीमा जेनजी आन्दोलनः प्रहरीको गोली लागेर दुई जना शहिद

२३ भाद्र २०८२, सोमबार १८:०६

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सोमबार सुनसरीको इटहरीमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाएका हुन् ।

चार जना घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ र उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरेपछि तनाव चर्किएको थियो । प्रदर्शनकारीको भीडले प्रहरी घेरा तोडेर कार्यालय परिसरभित्र पस्दै आगो लगाएको थियो । हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*