संसद भवनबाट केही जेनजी पक्राउ, लठठी चार्जबाट लखेटिए प्रदर्शनकारी
२४ भाद्र २०८२, मंगलवार ०९:२९

काठमाडौं । हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका केही जेनजीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार सरकारले निर्मम तरिकाले १९ जना जेनजीहरुको हत्या गरेको थियो ।
आज काठमाडौंको कलंकीबाट सुरु भएको जेनजी प्रदर्शनले संसद भवन घेरी सकेको अवस्था छ । प्रहरीले बल प्रयोग गरी यतिबेला संसद भवन अघि रहेका हजारौ युवाहरुलाई लखेट्ने कार्य गरिरहेको छ ।
प्रहरीले नयाँ बानेश्वरमा लठठीसेमत चार्ज गरेर आन्दोलनकारीहरुलाई लखेट्ने क्रम जारी गरेको छ । सरकारले निर्मम तरिकाले जेनजीहरुको हत्या गरिएपछि विरोध स्वरुप काठमाडौंको बानेश्वर रणभुमि बनेको छ ।













