ओलिको गृह जिल्ला झापामा जेन-जी आन्दोलन चर्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२४ भाद्र २०८२, मंगलवार १०:४०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिको गृह जिल्ला झापाको बिर्तामोडमा जेन-जी समूहको आन्दोलन आज बिहानैदेखि चर्किएको छ । हिजो भएको सुरक्षा निकायको कारबाहीमा १९ जना आन्दोलनकारीको मृत्यु भएपछि आज बिहानैदेखि आन्दोलनकारीहरू आक्रोशित बनेका छन् ।

प्रशासनले लगाएको कर्फ्यु सकिएलगत्तै बिर्तामोड–५ स्थित मुक्ति चोकमा करिब ३०० जना आन्दोलनकारी भेला भई टायर बाल्नुका साथै पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामान, प्रहरी पोस्टका सामग्री र ट्राफिक चिन्हहरू सडकमा ल्याएर आगजनी गरेका छन् ।

यसले गर्दा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने बिर्तामोड क्षेत्र अत्यधिक तनावग्रस्त बनेको छ । सुरक्षा कारण देखाउँदै सो क्षेत्रमा सुरक्षाकर्मी पुग्न नसकेको जनाइएको छ ।

त्यस्तै, मेचीनगर–७ इट्टाभट्टास्थित नगरपालिकाको कार्यालयतर्फ प्रवेश गर्ने बाटोमा आन्दोलनकारीहरूले पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधन रोक्ने प्रयाससमेत गरिरहेका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय झापामा पुनः कर्फ्यु लगाउने विषयमा सुरक्षा निकायहरूको बैठक जारी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*