माओवादी अध्यक्ष प्रचण्डको घरमा तोडफोड, आगजनीको प्रयास
२४ भाद्र २०८२, मंगलवार १०:४३

काठमाडौं । जेनजी प्रदर्शनकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । सरकार शत्तामा रहेर लामो समयदेखि भ्रष्टाचार गर्र्दै देशलाई खुकुलो बनाएका नेताहरुको घर–घरमा आन्दोलनकारीहरुले आन्दोदन गर्दै आएका छन् ।
प्रदर्शनकारीहरुले प्रचण्ड निवास नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेको हो ।
उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । जेनजी समुहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।
आजै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको घरमा आगजनी गर्ने तयारी रहेको जेनजीहरुले दावी गरेका छन् ।













