सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला कति ?
२४ भाद्र २०८२, मंगलवार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ५१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













