सुदूरपश्चिम प्रदेशमा जेन-जी आगो, ९ वटै जिल्लाबाट चर्कियो आन्दोलन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा जेन जी समूहको आन्दोलन उग्र बन्दै गएको छ। धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरालगायतका मुख्य शहरहरूमा आज बिहानैदेखि प्रदर्शन चर्किएको हो।
प्रदर्शनकारीले सडकमा टायर बाल्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। सरकारी कार्यालय र नगरपालिका क्षेत्र नजिकै पनि तीव्र नाराबाजी भइरहेको स्थानीयहरूले बताएका छन्।
प्रदेशका नौ वटै जिल्लामा आन्दोलन फैलिएको छ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएको भए पनि कञ्चनपुरका चोकचोकमा उनीविरुद्ध प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीले उनको पुतला दहन गरी चर्को नाराबाजी गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि आन्दोलन थप चर्किएको छ।
यसअघि, सरकारले भदौ २३ गतेको प्रदर्शनका क्रममा १९ जना जेन जी आन्दोलनकारीलाई गोली प्रहार गरी मृत्यु भएपछि आन्दोलन झनै उग्र बनेको हो। त्यसयता युवाहरू सडकमा उत्रिएर निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्।













