हत्याको विरोधमा बागबजारमा जेन जी आन्दोलन, सरकारविरुद्ध नाराबाजी
२४ भाद्र २०८२, मंगलवार ११:३१

काठमाडौँ । राजधानीको बागबजार क्षेत्रमा मंगलबार जेन जी समूहले प्रदर्शन गर्दै आन्दोलन चर्काएका छन्। सोमबारको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि राजधानीमै आक्रोशित युवाहरू सडकमा उत्रिएका हुन्।
बागबजारमा भेला भएका आन्दोलनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै भ्रष्टाचार अन्त्य र सरकारको राजीनामा माग गरेका छन्। उनीहरूले सडकमा टायर बाल्दै आक्रोश प्रदर्शन गरेका छन्। आन्दोलन चर्किएसँगै बागबजार क्षेत्रमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ।
सरकारको कडा दमनपछि देशका विभिन्न शहरहरूसँगै राजधानी काठमाडौँमा पनि आन्दोलन निरन्तर चर्किँदै गएको छ।













