अपर आँखुखोला आयोजनामा आँखुखोला हाइड्रोको ५ करोड लगानी
८ आश्विन २०८३, बिहीबार ११:१५

काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत् आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। सोसम्बन्धी जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत गराएको छ।
अपर आँखुखोला आयोजना धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गरिरहेको छ। पछिल्लो निर्णयसँगै आँखुखोला जलविद्युत् कम्पनीले आफ्नो लगानी क्षेत्रलाई अर्को जलविद्युत् आयोजनातर्फ पनि विस्तार गर्ने भएको छ।










