रमेश लेखकको घरमा प्रदर्शनकारीको तोडफोड र आगजनी
२४ भाद्र २०८२, मंगलवार ११:५०

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्।
हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको नैकापस्थित निवासमा आज आक्रोशित प्रदर्शनकारी पुगेका हुन्। प्रदर्शनकारीहरूले घरभित्र प्रवेश गरेर सम्पत्ति तोडफोड गरेका र आगो लगाएको स्थानीयहरूले जनाएका छन्।
अहिले उनका घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै भ्रष्टाचार अन्त्य र जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन्।













