आन्दोलन चर्किएपछि आत्तिए ओलि, बोलाए सर्वदलीय बैठक
२४ भाद्र २०८२, मंगलवार १२:२६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।
बैठकमा देशभर फैलिएको जेन जी आन्दोलन र हालको राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले विभिन्न दलका नेताहरूलाई उपस्थित हुन आह्वान गरेका छन्।
यसअघि राजधानीमा सोमबार १९ जनाको मृत्यु भएको घटनापछि विरोध प्रदर्शन चर्किँदै गएको थियो। सर्वदलीय बैठकले आन्दोलनको असर र राजनीतिक स्थायित्व सुनिश्चित गर्ने उपायहरूमा ध्यान दिने बताइएको छ।













