महारागञ्ज स्थित प्रहरी चौकीमा आक्रामण

२४ भाद्र २०८२, मंगलवार १२:२९

काठमाडौँ । राजधानीको महारागञ्जस्थित प्रहरी चौकीमा आक्रामण भएको छ। विरोध प्रदर्शनमा सहभागी प्रहरी चौकीमाथि आक्रामण गरेका हुन् ।

जेन जी आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारीहरूले चौकीमा तोडफोड गर्ने प्रयास गरेका थिए। प्रहरीले तत्काल परिस्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छ।

आक्रमणका कारण चौकी वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रशासनले थप अप्रिय घटना नहोस् भनेर सुरक्षा बल परिचालन बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*