कलङ्कीमा चल्यो गोली, चार जना घाइते

२४ भाद्र २०८२, मंगलवार १२:४२

काठमाडौँ । राजधानीको कलङ्की क्षेत्रमा आज जेन जी आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका छन्।

स्थानीय स्रोतका अनुसार, आन्दोलनकारी सडकमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको हो। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

जेन जी आन्दोलन सोमबार १९ जनाको मृत्युपछि राजधानीका विभिन्न स्थानमा चर्किँदै आएको छ। प्रशासनले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र थप अप्रिय घटना रोक्न सुरक्षा बल परिचालन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*