नख्खु जेल तोडेर रवि लामिछानेलाई बाहिर निकालियो, सडकमा आउने तयारी
२४ भाद्र २०८२, मंगलवार १४:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हजारौं जनताको उपस्थितिमा नख्खुस्थित कारागारबाट भर्खरै रिहा गराइएको छ ।
आन्दोलनकारीहरुले झुठा मुद्दामा नख्खुस्थित कारागारमा थुनिएका रवि लामिछानेलाई जेल तोडेर रिहा गराइएको हो । नख्खुस्थित आन्दोलनस्थलबाट बीमापोष्ट प्राप्त जानकारी अनुसार लामिछानेलाई रिहा गरिएको हो ।
रवि लामिछाने रिहा भए लगत्तै अब सिधैं आन्दोलनमा सहभागी हुने विश्वास गरिएको छ ।













