राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

२४ भाद्र २०८२, मंगलवार १५:०६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्।

जेन्जी आन्दोलन चर्किँदै गएपछि ओलीले आज नै पदबाट राजीनामा दिएका थिए। यस कदमसँगै प्रधानमन्त्रीको कार्यकाल समाप्त भएको छ।

राजीनामापछि देशभर जारी आन्दोलन र तनावपूर्ण अवस्था के प्रकारले व्यवस्थापन हुनेछ भन्नेमा ध्यान केन्द्रित भइरहेको छ। राजीनामापछि प्रधानमन्त्रीको हकमा संवैधानिक प्रक्रिया अनुसार पदाधिकारीको जिम्मेवारी सञ्चालन हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*