मेयर बालेन शाहद्वारा जेन जीलाई सन्देश: ‘संयमित हुनुहोस्, नेतृत्व तपाईंहरूको हो’

२४ भाद्र २०८२, मंगलवार १५:२०

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले जेन जी आन्दोलनकारीहरूलाई आज स्पष्ट सन्देश दिएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमार्फत जारी स्टाटसमा भनेका छन्  ‘यो नितान्त जेन जीको आन्दोलन हो। प्रिय जेन जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला।’

साथै मेयर शाहले जेन जीलाई सुरक्षा र वार्ताको सन्दर्भमा पनि सन्देश दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*