चन्द्रागिरि हिल्समा ठूलो क्षति, भवनमा लगाईयो आगो

२४ भाद्र २०८२, मंगलवार १७:१२

काठमाडौँ । जेन जी आन्दोलन चर्किदै जाँदा चन्द्रागिरि हिल्समा ठूलो क्षति भएको छ । आन्दोलनकारीले आक्रोशित हुँदै चन्द्रागीरी केबलकार सञ्चालन हुने तल्लो स्टेशनमा आगजनी गरेका हुन् ।

आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने वरपरका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

आन्दोलन चर्किँदै जाँदा रणनीतिक रूपमा महत्त्वपूर्ण ठानिएका स्थानहरूमा आक्रमण बढ्न थालेको  छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*