सर्वोच्च अदालतमा पनि आगजनी, मुद्दाका महत्वपूर्ण कागजात र प्रमाणहरू नष्ट

काठमाडौं । जेनजी युवाहरूको समूहले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् ।
अपरान्हतिर सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे ।
त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए ।’
सर्वोच्च अदालतमा देशभरका मुद्दाका साथै सर्वोच्च अदालतकै मुद्दाका महत्वपूर्ण कागजात र प्रमाणहरू छन् । आगलानीबाट तिनमा क्षति पुगेको पनि कहाँ कति नोक्सानी भयो भन्ने हेर्न नसकिने अवस्था रहेको कर्मचारीहरु बताउँछन् ।
प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको परिसरसँगै जोडिएको नेपाल बार एसोसिएसन अनि सर्वोच्च अदालत बार एसोसिएसनमाथि पनि आक्रमण गरेका छन् । सर्वोच्च अदालतको पल्लोपट्टि रहेको महान्यायाधीवक्ताको कार्यालयमा पनि आगजनी भएको छ ।
यी निकाय बाहेक माईतीघर मण्डलास्थित स्वास्थ्य मन्त्रालय परिसरमा जोडिएका दुई सरकारी वकिलको कार्यालय पनि आक्रमणबाट क्षतिग्रस्त भएको छ । विशेष सरकारी वकिलको कार्यालय र काठमाडौं जिल्ला अदालत पनि आक्रमणबाट क्षतिग्रस्त भएको छ ।











