काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएर उपचाररत तीन प्रदर्शनकारीको निजामती अस्पतालमा मृत्यु भएको छ । मंगलबारसम्म विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि ल्याइएका थिए ।
उपचारकै क्रममा तीन जनाले ज्यान गुमाएको छ। दुई जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ ।
यसअघि कालीमाटी क्षेत्रमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबार मात्र देशभर भएका प्रदर्शनमा १९ जनाको ज्यान गएको पुष्टि भएको थियो ।
लगातार बढ्दो मृत्यु र घाइतेको संख्या आन्दोलन चर्किँदै गएको संकेत मानिएको छ । राजधानीसहित विभिन्न ठाउँमा अझै आन्दोलन जारी छ ।














