जेन-जी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीमा लुटपाट र तोडफोड

२४ भाद्र २०८२, मंगलवार १८:२४

काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आक्रोशित समूहले लुटपाट गरेका छन् । सरकारी कार्यालय र नेताका घरलाई लक्षित गर्दै आगजनी गरिरहेको भीडले मंगलबार भाटभटेनीमा पसि सामान लुटपाटसँगै तोडफोड गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

लुटपाट भएको समयमा सुरक्षाकर्मी स्थलमै नपुगेको भाटभटेनी व्यवस्थापनले गुनासो जनाएको छ । व्यवस्थापनका अनुसार प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि तत्काल सहयोग नपाएको हो ।

तोडफोड र लुटपाटपछि सुपरमार्केटको विभिन्न भाग क्षतिग्रस्त बनेका छन् भने करोडौँ बराबरको क्षति भएको अनुमान गरिएको छ । अहिले पनि आसपासमा तनावपूर्ण स्थिति कायम रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*