त्रिवि शिक्षण अस्पतालमा ३३ प्रदर्शनकारी भर्ना, पाँचको अवस्था गम्भीर
२४ भाद्र २०८२, मंगलवार १८:४५

काठमाडौँ । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना गरिएको छ । राजधानीका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपपछि उनीहरूलाई अस्पताल ल्याइएको हो ।
अस्पताल प्रशासनका अनुसार भर्ना भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । अन्यको उपचार जारी छ ।
यसअघि सोमबार र मंगलबार देशभर भएका प्रदर्शनका क्रममा २१ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये १९ जनाको मृत्यु काठमाडौंमै प्रहरीको गोली लागेर भएको हो ।
हालसम्म आन्दोलनका कारण ५०० भन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।













