कान्तिपुर पब्लिकेसनको भवनमा आगजनी, समाचार प्रकाशन बन्द
२४ भाद्र २०८२, मंगलवार १९:१५

काठमाडौँ । काठमाडौँस्थित कान्तिपुर पब्लिकेसनको कम्प्लेक्समा जेन जी समूहका केही युवाहरुले आगजनी गरेका छन्। आक्रोशित समूहले आज काठमाडौँका विभिन्न सरकारी निकायमा समेत आगजनी गरेका छन्।
सो घटनामा कान्तिपुर पब्लिकेसनको भवनमा क्षति पुगेको छ भने हाल समाचार प्रशासन बन्द रहेको छ।













