शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गर्ने प्रधानसेनापतिको निर्णय, तत्कालै राजधानी नियन्त्रणमा लिने
२४ भाद्र २०८२, मंगलवार २१:४८

काठमाडौं । नेपाली सेनाले राजधानीसहित देशभैरिका सुरक्षा व्यवस्थामा गम्भिर चुनौति आएको भन्दै सेना परिचालन गर्ने निर्णय गरेका छन् ।
आन्दोलनको क्रममा लूटपाट मच्चिएको भन्दै प्रधान सेनापति अशोक सिग्देलले देशको शान्ति सुरक्षा कायम गर्न र लुटपाट मच्चिन नदिन नेपाली सेना परिचालन गर्ने निर्णय गरेका हुन् । सेना परिचालन गर्ने निर्णय तत्कालै कार्यान्वयनमा जाने सैनिक मुख्यालयले जनाएको छ ।
सेनाले राजधानी तत्कालै नियन्त्रणमा लिई जारी लुटपाट रोक्ने निर्णय गरेको छ ।














