काठमाडौंको उपत्यका नेपाली सेनाको नियन्त्रणमा, सिंहदरबारमा सेनाद्वारा आगो निभाउने कार्य जारी

२५ भाद्र २०८२, बुधबार ०८:११

काठमाडौं । जेनजी आन्दोलनपछि यतिवेला काठमाडौं उपत्यका नेपाली सेनाको नियन्त्रण रहेको छ । नेपाली सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै देशको सार्वभौमसत्ता, स्वाधिनता र नेपाली एकतालाई कायम राख्दै नेपाली जनतालाई सुरक्षा दिरहेको हो ।

काठमाडौंका हरेक गल्ली र सडकहरुमा नेपाली सेनालाई गस्ती सञ्चालन गर्दै सुरक्षा दिएको अवस्था छ । देशको सबैभन्दा ठूलो प्रशासनिक क्षेत्र सिंहदरबार पनि यतिबेला नेपाली सेनाको दमकल प्रयोग भएर आगो निभाउने प्रयास गरिरहेको छ ।

साथै, काठमाडौंमा जेनजी युवाहरुले आन्दोलनको क्रममा गरेको फोहोर, तोडफोडका चिज बस्तुहरुलाई काठमाडौं महानगरपालिकाले सरसफाई गरिरहेको छ ।

नेपाली सेनाले अनावश्यक भिडभाड नगरिदिन आग्रह गर्दै सडकमा उत्रिएका मानिसहरुलाई आफ्नो घरमा सुरक्षित बस्न आग्रह गरिरहेका छन् ।साथै, अटेरी गरेर सेनासँग बहस गर्ने मानिसहरुलाई सेनाले बुटले हान्दै उनीहरुको सुरक्षित स्थानमा पठाइरहेका छन् । त्यसैले सबैले संयमित भएर आफ्नै घरमा बस्नु उचित हुने देखिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*