बैंक, सुपरमार्केट र होटल लुटपाट गर्ने २६ जना पक्राउ

२५ भाद्र २०८२, बुधबार १०:२२

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। सेनाले काठमाडौं र भक्तपुरका विभिन्न इलाकाबाट गरी २६ जनालाई पक्राउ गरेको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्र आसपासमा लुटपाटमा संलग्न रहेको अभियोगमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाटमा संलग्न पाँच जनालाई समेत पक्राउ गरिएको सेनाले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*