अझै जलिरहेको छ नक्सालको भाटभटेनी र हिल्टन होटल

२५ भाद्र २०८२, बुधबार ११:२१

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, हिल्टन होटल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। हिजो प्रदर्शनकारीहरूले लुटपाट गर्दै यी भवनहरूमा आगजनी गरेका थिए।

आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकलसहित बारुण यन्त्रहरू परिचालन गरिएको छ। सुरक्षाकर्मीहरू निरन्तर आगो नियन्त्रण र सुरक्षामा खटिएका छन्।

घटनापछि नेपाली सेनाले राजधानीभर कर्फ्यु आदेश जारी गरेको छ। अहिले काठमाडौंका सबै क्षेत्रमा सेनाका जवानहरू तैनाथ छन्। सडकमा सुरक्षा निकायका सवारी साधन र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्य कुनै पनि सवारी सञ्चालनमा छैनन्।

स्थिति अझै नियन्त्रणमा नआएकाले सेनाले कर्फ्यु आदेशलाई कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*