जेन–जीको प्रदर्शनमा आक्रमण: महाराजगञ्जमा दुई प्रहरीको मृत्यु

२५ भाद्र २०८२, बुधबार १३:२१

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मंगलबार भएको प्रदर्शनमा आक्रमण हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले घटनामा दुई प्रहरीको ज्यान गएको पुष्टि गरेका छन्।

मंगलबार राजधानीका विभिन्न स्थानमा आन्दोलन चर्किएसँगै तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए। सोही क्रममा प्रहरीमाथि आक्रमण हुँदा दुःखद घटना भएको प्रहरीको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*